रेड्मी १२ सी सार्वजनिक, कति पर्छ मूल्य ?


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ।

रेड्मी १२ सी बजेट मैत्री स्मार्टफोन हो । यसले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टतासंगै सहजता प्रदान गर्दछ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, रेड्मीमा उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्ने छ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सी स्मार्टफोनमा मिडियाटेक हेलियो जी ८५ का साथ् साथै ५ हजार एम ए एच ब्याट्री जडान गरिएको छ ।”

मिडियाटेक हेलियो जी ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।

६ पल्स ५ जी बिसम्म विस्तारित राम र १ टि बि स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सी छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यस संगै तपाईंको मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्दछ ।

रेड्मी १२ सी कोे ५ हजार एम ए एच ब्याट्रीले तपाईंलाई कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने काम गर्दछ । न्यूनतम डिजाइनसंगै पछाडि पट्टि अवस्थित फिंगर प्रिन्ट सेन्सरले तपाईंको फोन अनलक गर्न छिटो, सजिलो र सुरक्षित बनाउँछ ।

रेड्मी १२ सीको इमर्सिभ डिस्प्ले र अद्वितीय डिजाइनको साथ प्रतिस्पर्धाबाट अलग देखिने गरी डिजाइन गरिएको छ । ६.७१ को ठुलो एच डी पल्स डिस्प्ले भएको रेड्मी १२ सीले मनपर्ने चलचित्र र खेलहरूलाई अझै जीवन्त रुप प्रदान गर्दछ । २०.६ः९ एस्पेक्ट रेसियो रहेको आकर्षक स्क्रिनले उत्कृष्ट अनुभवलाई सम्भव बनाउँदछ । साथै, रिडिङ मोडसंगै स्क्रिन नियाल्दा तपाईंको आँखाको सुरक्षा सुनिश्चित गर्दछ।

५० एम पीको मेन क्यामेरा सहितको रेड्मी १२ सीले थप डिटेल र अधिक लाईट क्याप्चर गर्ने क्षमता राख्दछ, जसले तपाईंलाई कुनै पनि समय र अवस्थाहरूमा अविस्मरणीय क्षणहरू छुट्न बाट बचाउँदै, स्पष्ट रूपमा रेकर्ड गर्न समर्थ बनाउँछ । उज्यालो शटहरू देखि रात्रि दृश्यहरू खिच्दा सम्म, शक्तिशाली एचडीआर र नाइट मोड क्षमताहरूले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि स्पष्ट शटहरू खिच्न सक्षम बनाउँदछ ।

यस्तै रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि मोबाइलको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५०० रुपैयाँ छुट पाउन सकिन्छ । रेड्मी  3GB+32GB, 4GB+64GB, 6GB+128GB गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग-ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः १३ हजार ४९९, १४ हजार ४९९ र १६ हजार ९९९ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।