सिटिजन लाइफ इन्स्योरेन्सको १०० दिने अभियान आजबाट सुरु


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिने कार्यक्रमको सुरुवात गरेको छ ।

कम्पनीले पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको हो ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।
यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो ।

मानिसले जे चीज बढी कल्पना गर्दछ प्राय त्यही चीज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतिपूर्ण समयमा चुनौती प्रती मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उधेश्य लिएर त्यस प्रती बढी केन्द्रीत रहदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ ।

जीवनको अफ्ट्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्छ ।  त्यसैले, बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।