सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ बैंकले लिमिटेडले ८९ हजार ३५३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान सेयरधनीहरु रजनी प्रधानको नाममा रहेको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रि गरिने छ ।

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तीसार काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।