एशियन लाईफ इन्स्योरेन्सले लाभांशका लागि कहिले तोक्यो बुकक्लोज ?

0
Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गर्दै बुकक्लोज मिति समेत निर्धारण गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको १८० औं बैठकले बैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा साढे ११ बजे १५ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७८।७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४५ गरी कुल ८.९४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यस्तै सभाले २०७८्७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात,नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचीहरु माथी छलफल तथा पारित गर्ने छ ।

साथै बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी हुने भएकाले साधारण सभाले बोनस सेयर जारी पश्चात् कायम हुने हदसम्म चुक्ता तथा जारी पुँजी वृद्धि गर्ने छ । यस्तै सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्बलाई वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६, १ (क) मा संशोधन गर्ने छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीको सेयर दाखिला खारेजीका लागि बैशाख ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार सेयर दाखिल खारेज बन्द गरीएको मिति भन्दा अगावै अर्थात बैशाख ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र सेयरधनीहरुले मात्र लाभांश पाउन र वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।