लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता


लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १२ सयभन्दा बढी हितैषिको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धनलगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ ।

यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।