हिमालयन बैंकको पहिलो अपाङ्गमैत्री एटीएम सञ्चालनमा


हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ ।

सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले बैंकले आफ्नो एटीएम सुबिधाको सुरुवात गरेको हो ।

बैंकको एटिएमको उद्घाटन चैत्र २४ गते शुक्रबार स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितद्धारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमशेर जबरा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।