एशियन पेन्ट्सका सिलिकन शिल्ड र हाइड्रोलक उत्पादन बजारमा


एशियन पेन्ट्स नेपालले सिलिकन शिल्ड र हाइड्रोलक उत्पादक बजारमा ल्याएको छ ।

कम्पनीले २ सय बढी डिलरहरुको माझमा एक समारोह गरी सिलिकन शिल्ड र हाइड्रोलक उत्पादनको बारेमा जानकारी दिएको हो ।
यसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्ने बताइएको छ ।

सिलिकन शिल्ड एक जलप्रतिरोधक तत्व भएको र यो ईटाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरि हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन भएको जानकारी दिँदै कम्पनीले प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त हुने जनाएको छ ।

यस्तै कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समुह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ । यसले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउँदछ ।

रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ । यसले भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।