सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

१८ औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समितिका अध्यक्ष सत्यालले नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती निलम ढुङ्गाना तिम्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् ।

अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।