सानिमा बैंकको साढे ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सानिमा बैंक लिमिटेडले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक आवेदकले आज चैत २८ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ । संस्थापक सेयरधनीले न्युनतम १ लाख कित्ता सेयर खरिद गर्नु पर्ने छ । सेयरको बिक्री मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।

आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।