सुन-चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


स्थानिय बजारमा मंगलबार छापावाला सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

चैत २२ गतेबाट घट्न सुरु गरेको सुनको भाउ आज भने ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

छापावाला सुन हिजो सोमबार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ खरिद बिक्री भएको छ । हिजो चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ दशमलव ९८ र चाँदी प्रतिऔंस २४.९५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।