महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्काशन, वार्षिक ११ प्रतिशत ब्याज


महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ ।

वार्षिक ११ प्रतिशत ब्याज पाइने बैंकको एक अर्ब रुपैयाँको ऋणपत्र आज चैत २९ गतेदेखि खुलेको हो । बैंकले प्रतिसेयर एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता ऋणपत्र जारी गरेको छ ।

महालक्ष्मी विकास बैंकले स्वीकृति पाएको १ अर्बको १० लाखमध्ये ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधरणलाई र बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरेको हो । सर्वसाधारणले ऋणपत्र न्यूनतम २५ कित्ता खरीद गर्नु पर्ने छ भने अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । ऋणपत्रमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ ।

कर्जा लगानीका लागि दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि दश वर्ष अवधिको ऋणपत्रको बिक्रीको बाटो रोजेको हो । बैंकले जारी गर्ने ऋणपत्र परिपक्व नभएसम्म पाकेको व्याज अर्धवार्षिक (६–६ महिनामा) रुपमा लगानीकर्तालाई बिक्री गर्ने छ । बैंकले ऋणपत्रमा दिइरहेको ब्याज वाणिज्य बैंकले मुद्दती खातामा दिइरहेको ब्याज सरह हो ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।  बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।