भिजन सेक्युरिटिज् कम्पनीको शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा


भिजन सेक्युरिटिज् कम्पनीले उपत्यका भित्र पहिलो पटक शाखा कार्यालय स्थापना गरेको छ ।

कम्पनीले शेयर वजारको ईतिहासमा पहिलो पटक ललितपुर महानगरपालिका वार्ड नं. २०, कुमारीपाटीमा शाखा कार्यालय स्थापना गरेको हो।

उक्त शाखाको चैत्र २८ गते ललितपुर महानगरपालिकाका नगर उप–प्रमुख (उप–मेयर) मञ्जली शाक्य वज्राचार्यले समुद्घाटन गरेकी हुन्।

उक्त कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, भेञ्चर क्यापिटल प्रा.लि.का अध्यक्ष भिम प्रसाद तिमिल्सिना, ललितपुर महानगरपालिका वडा नं. २० का वडा सदस्य अमर डंगोल महर्जन, नेपाल ईन्भेष्टर्स फोरमका उपाध्यक्ष अन्जिव तुलाधर, शेयर लगानिकर्ता संघ नेपालका सदस्य रविन महर्जन, नेपाल पुजीँ वजार लगानिकर्ता संघका ७ नं. प्रदेश संयोजक कुमार थापाको उपस्थिति रहेको थियो ।

यसै गरि यस कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले गरेका थिए भने प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । उपमेयर वज्राचार्यले आर्थिक मन्दी, तरलताको अभावको मुद्रा संकुचन जस्ता असरले शेयर वजारलाई पनि प्रभावित वनाएकोले हालको अवस्थामा कम्पनीहरुको वित्तिय विवरण राम्रोसंग अध्ययन गरेर मात्र लगानी गर्न प्रमुख अतिथि लगानिकर्ताहरुलाई आग्रह गरेकी थिइन् ।

यस्तै कार्यक्रममा विशेष अतिथि आचार्यले शेयर वजारमा हुने उतार–चढाव एक प्रकृयामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको बताए।

उनले लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लिमिटेडले आफ्नो कार्यालयमा, सिंहदरवारमा र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टर राखिएको वताए । यस्तै ललितपुर महानगरपालिकाका वडा नम्बर २० का सदस्य अमर डंगोल महर्जनले शेयर वजारको ईतिहासमा उपत्यकामा पहिलो पटक व्रोकर शाखा कुमारीपाटी ललितपुरमा स्थापना गरेकोमा भिजन सेक्यूरिटिज् प्रा.लि.लाई उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे।

धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गतेदेखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ ।

पुँजी वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी प्रकृयाहरुमा सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्र नै पहिलो ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।