तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्ड


केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएका छन् ।

केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले ७२ औं वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् ।

उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको छ ।

तारा चन्द केडिया केडिया अर्गनाइजेशनका अध्यक्ष हुन् । उनले हनर्सका साथ स्नातक उत्तीर्ण गरेका छन् । उनी सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्भेष्टमेन्ट प्रा लि, प्रुडेन्सियल डेभलपर्स प्रा लि र वृज सिमेन्ट प्रा लि का पनि अध्यक्ष रहेका छन् । उनी गुराँस सिमेन्ट, म्याग्ना कर्पोरेशन सेक्युरिटीज र श्री स्टिल इन्डस्ट्रिज प्रालिका साथै अन्य व्यवसायहरूमा पनि संलग्न हुन् । यस अघि उनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष बनिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।