नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक यकिन गरेर मात्र कारोबार गराउन आग्रह

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयरको कारोबार गर्दा यकिन गरेर मात्र खरिद बिक्री गराउन सम्पूर्ण धितोपत्र सदस्य दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयरमा एक प्रकारको सेयर साधारण सेयर निर्वाध रुपमा कारोबार गर्नसक्ने र अर्को प्रकारको अन्य बैंकको जस्तै निर्वाध रुपमा कारोबार गर्न नसकिने रहेकोमा कुन प्रकारको सेयर हो यकिन गरेर मात्र कारोबार गराउन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर ‘फ्रिली ट्रेडएवल’ र ‘फ्रिली नन ट्रेडएवल’ रहेकोमा हाल मर्जर पश्चात दोस्रो बजार मार्फत संस्थापक सेयर बिकी गर्दा (एनआईएमबिपीओ) बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलसँग यकिन गरि कारोबार गर्ने गराउन भनेको हो ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र साविक मेगा बैंक लिमिटेड एक आपसमा मर्जर भए पश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको रुपमा दोस्रो बजारमा कारोबार हुाद्ये आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।