प्रभु बैंकको ग्राहकले दराज केमुबाट नयाँ वर्षमा सामान खरिद गर्दा हजारसम्म छुट पाउने

0
Shares

प्रभु बैंक लिमिटेडका भिसा कार्डबाहक ग्राहकहरुले नव वर्ष उत्सव २०८० मा राज केमु प्रालिबाट सामान खरिद गर्दा अधिकतम १ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्ने भएका छन् । प्रभु बैंक लिमिटेड र दराज केमु प्रालिबीच उक्त छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । विसं २०७९ चैत २८ बाट लागू भएको योजनामा प्रिपेमेन्ट छुट सीमित अवधीको लागि मात्र जारी रहने बैंकले जनाएको छ ।

सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम २००रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्दछ । दराजद्वारा सूचीकृत गरिएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । 

नव वर्ष उत्सव २०८० को लागि प्रभु बैंक लिमिटेडले आफ्ना भिसा कार्ड बाहक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग आपसी सम्झौतामा हस्ताक्षर गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।