बिहीबार सुनचाँदीको भाउ कति छ ?


सुन चाँदीको भाउमा चैत ३० गते बिहीबार कुनैपनि परिवर्तन भएको छ ।

बुधबार कारोबार भएको भाउमै आज पनि सुनचाँदी दुबैको खरिद बिक्री भैरहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।

महासंघका अनुसार आइका लागि छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ भने तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ आइतबार शुक्रबारकै भाउ कायम छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १८ दशमलव ४९ र चाँदी प्रतिऔंस २५.४८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।