नयाँ वर्षमा फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटको हरेक सामानमा २० प्रतिशत छुट


भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट’ सप प्रा.लिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ बर्ष अवसरमा छुटको अफर ल्याएको छ ।

सुपरमार्केटले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । यस योजना ०८० साल बैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतिले बताए ।

हालसालै संञ्चालनमा आएको सो सुपरमार्केटमा एउटा मान्छेलाई जन्मेदेखि मृत्युपर्यत्न आवश्यक पर्ने सबै सामानहरु उपलब्ध रहेको सञ्चालक उप्रेतिले बताए ।

नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुर्परमार्केट यो नै पहिलो भएको उनको दाबी छ । खासगरी विवाह, बर्तमान, पुजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामान देखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, संस्कृति झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेट गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए ।

राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए । अत्यन्तै कल्चर हिसावको सुर्परमार्केट भएकाले हिजोआज आफनो मार्केटमा टिकटक बनाउनेहरुको भिड लाग्न थालेको उनले बताए ।

विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नु परेको वताए । सो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले गएको महिनाउद्घाटन गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।