सरकारले यो साता २४ अर्ब ७० करोड आन्तरिक ऋण उठाउँदै, चौथो त्रैमासमा १३८ अर्ब उठाउने

0
Shares

सरकारले यो साता २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २४ अर्ब ७ करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार १५ अर्ब २० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ९ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ

नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब बराबरको नविरकण गर्न लागेको हो । यस्तै ९१ दिन अवधिको २ अर्ब ५० करोड तथा ३६४ दिनको ७ अर्ब बराबरको नयाँ जारी गरेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । सरकारले गत चैत्र १३ मात्रै २२ अर्ब १० करोड २५ लाख बराबरको ट्रेजरी बिलस जारी गरेको थियो ।

पछिल्लो समयमा आर्थिक गतिविधिमा आएको सुस्तताले राजस्व संकलन भन्दा खर्च उच्च रहेको अवस्था छ । सरकारले खर्च गर्ने स्रोत व्यवस्थापनका लागि राजस्व, बाह्य ऋण तथा अनुदान र आन्तरिक ऋणको प्रयोग गर्छ । पछिल्लो समयमा राजस्व संकलनमा देखिएको कमीले आन्तरिक ऋणलाई बढी जोड दिँदै आएको छ ।

सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमासमा एक खर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ बरावरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । त्यसमध्ये ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

चौथो त्रैमासमा सरकारले ७५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स, ६० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र, २ अर्ब ८२ करोड रुपैयाँ बरावरको नागरिक बचतपत्र र ९७ करोड रुपैयाँ बरावरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको हो ।

चालु आवमा सरकारले १८३ अर्ब रुपैयाँ आन्तरिक ऋण बक्यौता रहेको छ । चालु आवमा सरकारले कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने योजना गरेको थियो ।

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ । पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व थपिएको हो । एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउनका लागि सरकारले अल्पकालीन ऋणपत्रका रूपमा ट्रेजरी बिलको प्रयोग गर्दै आएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आगामी असार मसान्तसम्ममा ट्रेजरी बिलमार्फत उठाइएको आन्तरिक ऋणको दायित्व मात्रै चार खर्ब ७३ अर्ब नाघ्ने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो