भूगोल इनर्जी आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आइतबार बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेकोमा वैशाख ३ गते आइतबार बाँडफाँड गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ३४ हजार ६९९ जनाले प्राप्त गरेका छन् । जसमध्ये १ लाख ३४ हजार ६९६ जनाले १० कित्ताका दरले र ३ जनाले थप १ कित्ता गरी ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओ कुल सदर आवेदकको ११.७२ प्रतिशत अर्थात ९४ जनामध्ये १ जनाले प्राप्त गरेका हुन् ।

भूगोल इनर्जीको आईपीओ बाँडफाँड, भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले पाए

आईपीओमा दोहोरो तथा रितपुर्वक नपरेका कारण ४ हजार ४३२ आवेदनबाट परेको ५८ हजार ९० कित्ताको माग रद्द भई ११ लाख ४९ हजार १५१ वटा आवेदनबाट परेको १ करोड २३ लाख ६४ हजार ८४० कित्ता सेयरको मागलाई सदर गरी बाँडफाँडमा सहभागि गराइएको थियो ।
लगानीकर्ताले विभिन्न चार स्थानबाट कम्पनीको आईपीओ नतिजा हेर्न सक्नेछन् । ती निम्नअनुसार रहेका छन् ।

१. सिडीएससीले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालनमा ल्याएको वेबसाइट

२. बिक्री प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट

३. मेरो सेयरको वेबसाइटमा रहेको आईपीओ रिर्पोट

४. निष्कासनकर्ता कम्पनी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको वेवसाइट

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।