भूगोल इनर्जीको आईपीओ बाँडफाँड, भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले पाए

0
Shares

भूगोल इनर्जी डेभलपमेन्टको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड आइतबार भएको छ । उक्त आईपीओ वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ३४ हजार ६९९ जनाले प्राप्त गरेका छन् । जसमध्ये १ लाख ३४ हजार ६९६ जनाले १० कित्ताका दरले र ३ जनाले थप १ कित्ता गरी ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार मागभन्दा उच्च आवेदन परेका कारण १ लाख ३४ हजार ६९९ जना आवेदकलाई न्यूनतम १० कित्ताका दरले १३ लाख ४६ हजार ९९० कित्ता बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी सर्वसाधारणका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहेको ३ कित्ता सेयर थप ३ जनालाई १-१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म १३ लाख ४६ हजार ९९३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । कम्पनीले  सर्वसाधारणका लागि छुट्टाएको १९ लाख ८८ हजार १०७ कित्ता र स्थानीय बासिन्दालाई जारी गरी अवितरित रहेको ४ लाख ५९ हजार ३३कित्ता गरी कुल १५ लाख ४७ हजार १४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ७१ हजार ९१६ कित्ता म्युचुअल फन्ड, १९ हजार ४२० कित्ता कम्पनीका कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्टाएर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

क्यापिटलका अनुसार भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदनबाट १ करोड ४० लाख ३० हजार ७३० कित्ताको माग परेको थियो । सोमध्ये १ लाख ४२३ वटा आवेदनबाट परेको १६ लाख ७ हजार ८०० कित्ताको माग सि आश्वा सदस्यबाट अस्वीकृत भएको थियो ।

आईपीओमा ११ लाख ५३ हजार ५८३ वटा आवेदन मार्फत परेको १ करोड २४ लाख २२ हजार ९३० कित्ताको माग सि आश्वा सदस्यहरुबाट स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये दोहोरो तथा रितपुर्वक नपरेका कारण ४ हजा ४३२ आवेदनबाट परेको ५८ हजार ९० कित्ताको माग रद्द भई ११ लाख ४९ हजार १५१ वटा आवेदनबाट परेको १ करोड २३ लाख ६४ हजार ८४० कित्ता सेयरको मागलाई सदर गरी बाँडफाँडमा सहभागि गराइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।