विश्वकै सबैभन्दा पहिलो मिनी क्याप्सुल सहित रियलमी सि ५५ बजारमा, कति पर्छ मूल्य ?


विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ ।

६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले रियलमी सदैव आफ्ना उपभोक्ताहरुको लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बनाउन प्रतिबद्ध रहेको बताए ।

सि ५५ मा ६४ एमपिको एआइ क्यामरा छ भने ८ एमपिको सेल्फी क्यामरा छ । साथै यसको क्यामरामा इख्टद्धद्य सेन्सर राखिएको छ जुन फ्ल्यागशिप लेभलको सेन्सर हो । त्यस्तै यसमा रियलमी एक्स्क्लुसिव स्ट्रिट फोटोग्राफि मोड राखिएको छ जुन यो भन्दा अगाडिको सि सिरिजहरुमा थिएन । यसको साथै डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यस क्यामरामा समावेश गरिएका छन् । सेल्फी क्यामराको कुरा गर्नुपर्दा यसमा यसमा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ ।

यसमा ३३ वाटको डार्ट चार्जिङ र पाँच हजार एमएएच्को शक्तिशाली ब्याट्रि राखिएको छ । जुन २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुन्छ ।

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ । यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोगकर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

यस्तै यसमा १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट छ । जसले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै मोबाइल तातिने समस्या कम हुन्छ । साथै यसमा भएको माली जि ५२ जिपियुको ग्राफिक्स प्रोसेसिङले गर्दाखेरी गेमिङ र मल्टीमिडियाको लागि पनि रियलमी सि ५५ उत्तिकै उपयुक्त छ ।

यस्तै यसमा ८ जिबिको ¥याम र १६ जिबिको डाइनामिक ¥याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

६ जिबि+६४जिबि स्टोरेज भएको सेटलाई २१ हजार ९९९ पर्ने छ भने ८ जिबि+१२८ जिबि स्टोरेज भएको सेटलाई २५ हजार ९९९ पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।