सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति प्रदान


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकले आउँदै गरेको १६ औं बार्षिक उत्सवको उपलक्ष्यमा एक समारोहकाबीच दुई लाखको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेको हो । 

बेबी लाईफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए । त्यसैगरि कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।