सुधारिएको आर्थिक सुचकसँगै उछालिएको नेप्से टिक्न सकेन, पछिल्लो तीन दिनमा साढे ५५ अंक घट्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार ऋणात्मक भएको छ । मंगलबार २३.६४ अंक सहित पछिल्लो तीन कारोबार दिन लगातार नेप्से घट्दा साढे ५५ अंकले ओरालो लागेको हो ।

देशको नेतृत्वमा रहेका जिम्मेबार नेताहरुबाटै मुलुकको आर्थिक अवस्थामा रहेको विद्यमान समस्याहरुलाई सुधार गर्ने प्रतिबद्धता निजी क्षेत्रको छाता संगठन एफएनसीसीआईको वार्षिक साधारण सभामा हुनु र नेपाल राष्ट्र बैंकले बढ्दै गएको रेमिट्यान्सका कारण मुलुकको बाह्य क्षेत्र सहित धेरै सूचकमा भएको सुधारको तथ्याङ्क सार्वजनिक भएपछि पुँजी बजारमा समेत सकारात्मक असर परेको थियो । तर त्यसको असर भने टिक्न सकेन ।

चैत २८ गते एफएनसीसीआईको ५७ औं वार्षिक साधारण सभामा धारण राख्दै देशको प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाश शरण महत, प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तै विद्यमान मुलुकको आर्थिक अवस्थामा आएको सुधारबारे नेपाल राष्ट्र बैंकले पनि सोही दिन पत्रकार सम्मेलन मार्फत जानकारी दिएपनि धितोपत्र बजारमा पनि लामो समयपछि उच्च अंकको बढोत्तरुी सहित कारोबार रकम समेत बढेर १ अर्ब ९७ करोड पुगेको थियो ।

देशको समग्र आर्थिक अवस्थामा आएको सुधारसँगै नेप्सेमा गत बुधबार एकैदिन ९२ अंकको उच्च बढोत्तरी भएको थियो । स्पष्ट आधार र कारण बिना उच्च अंकले बढेको बजार त्यसपछि भने बिहीबार, आइतबार र सोमबार भने घट्दै आएको हो । बिहीबार २९ अंकले घटको बजार आइतबार पौने ३ अंकका सीमित घएपनि मंगलबार पुनः साढे २३ अंक धेरैले घटेको हो ।

सोमबार नेप्से १.२२ प्रतिशत अर्थात २३.६३ अंकले घटेर सूचक १९०८ दशमलव ०५ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.३२ प्रतिशत घटेर ३६२.८७ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक राताम्ये हुँदा ९ वटा सूचक १ प्रतिशतभन्दा अघिक घटेका छन् ।

सोमबार कारोबरमा आएका कुल २६७ कम्पनीमध्ये ३६ कम्पनीको मात्र मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ । आज ३१ लाख ४४ हजार कित्ता सेयर ५७३ कित्ता सेयर ९२ करोड ७८ हजार ५७१ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
दिनभर ९२ करोडको कारोबार भएकोमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ७ करोड २ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै शिव्म सिमेन्ट ४ करोड ३३ लाख, एनआईसी एशिया बैंक ३ करोड ११ लाख, माछापुच्छ्रे बैंक २ करोड ६७ लाख, र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाखको कारोबार भएको छ ।

ऋणात्मक बजारमा पनि तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको बजारमा आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ्ग खोला हाइड्रोपावरको सेयरमूल्यमा सकारत्मक सर्किट लागेको हो । यससँगै आदर्श लघुवित्तको प्रतिकित्ता सेयरमूल्य १७७३ रुपैयाँ ७० पैसा, कालिञ्चोक दर्शन लिमिटेडको ६०७ रुपैयाँ र मोलुङ्ग खोला हाइड्रोपावरको १८७ रुपैयाँ ६० पैसा पुगेको छ ।

यसैगरी सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य ६.१०, सामलिङ्ग पावरको ४.९९, लक्ष्मी बैंक डिबेञ्चर २०८८ को ४.०४, वीन नेपाल लघुवित्त ३.६३, अरुण भ्याली हाइड्रोपावर ३.३३ प्रतिशतले बढेको छ ।

आजको बजारबाट सनराइज ब्लूचिप फन्डका इकाईधनीले सर्वाधिक ६.२५ प्रतिशतले गुमाउँदा एनआईसी एशिया ग्रोथ फन्ड ५.१४ र उन्नति सहकार्य लघुवित्तको ४.३४ प्रतिशतले घटेको छ । साथै उपकार लघुवित्त ४.२१, कालिका लघुवित्त ४.१०, सानिमा ग्रोथ फन्ड ३.८८, सनराइज फस्ट म्युचुअल फन्ड ३.८३, समीट लघुवित्त ३.७९, पिपल्स पावर लिमिटेडको ३.७१ र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.६४ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण २७ खर्ब ८० अर्ब १० करोड ९५ लाख ५ हजार रुपैयाँमा समेटिएका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।