बैंकरले घटाएको ब्याजदरको अनुपातमा झरेन ट्रेजरीको डिस्काउन्ट रेट

0
Shares

बैंकरहरुको ब्याजदर घटाउने भद्र सहमती ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा देखिएको छैन । बैंकहरुले चौतर्फी दबाव थेग्न नसकेपछि ब्याजदर घटाइएको भएकाले पनि अल्पकालिन ब्याजदरमा त्यसको असर नदेखिएको हो ।

नेपाल बैंकर्स संघले बैंशाख महिनाका लागि निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ । संघले नेपाल राष्ट्र बैंकले नीतिगत तथा बैंक दरलाई नचलाउँदा पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गर्यो । संघले ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम ग्रयो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम ग्रयो । त्यसैगरी कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झा्रयो ।

बैंकहरुले घटाएको अनुपात सरकारी ऋणपत्रको डिस्काउन्ट रेट भने घटेको छैन । सोमबार सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट सामान्य घटेको छ । ट्रेजरी बिल्सको डिस्काउन्ट रेटलाई अल्पकालिन ब्याजदरको रुपमा हेरिन्छ । बैंकिङ क्षेत्रको ब्याजदरलाई निर्देशित गर्ने तत्वहरु मध्येको डिस्काउन्ट रेट पनि एक हो ।

तर, बैंकरहरुले भद्र सहमती गरेर ब्याजदर घटाए पनि डिस्काउन्ट रेटमा गिरावट नआउँदा बैंकिङ प्रणालीको तरलताको अवस्था अझै पनि सहज नभएको स्पष्ट हुन्छ । त्यसैगरी बैंकहरुले ब्याजदर घटाएपछि संस्थागत लगानीकर्ताहरुले पनि सरकारी ऋणपत्रमा लगानी बढाएपछि डिस्काउन्ट रेटको घटाइ अनुपात न्यून भएको हो ।

सरकारले सोमबार निष्कासन गरेको २४ अर्ब ७० करोडको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट गत चैत २८ गतेको तुलनामा सामान्य घटेको छ । सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गर्ने ट्रेजरीमा लगानी गर्ने बैंक वित्तीय संस्था नै हुन ।

सरकारले सोमबार ५ अर्ब रुपैयाँ बरावरको २८ दिने, ७ अर्ब ७० करोड रुपैयाँ बरावरको ९१ दिने, ५ अर्ब बराबरको १८२ दिने र ७ अर्ब बरावरको ३६४ दिने ट्रेजरी जारी गरेको हो । सो मध्ये २ अर्ब ५० करोड रुपैयाँ बरावरको ९१ दिने र ७ अर्ब रुपैयाँ बरावरको ३६४ दिने ट्रेजरी बिलस नयाँ हो ।

सोमबार निष्कासन भएका २८, ९१, १८२ र ३६४ दिने सबै ट्रेजरीको डिस्काउन्ट रेट घटेको ट । सरकारले निष्कासन गरेको ५ अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिसकाउन्ट रेट ८.६१९९ प्रतिशत छ भने न्यूनतम ७.७१०३ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ८.३३८० प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.५४८७ प्रतिशत थियो ।

त्यसैगरी नयाँ र पुरानो गरी ७ अर्ब ७० करोड ९१ दिनेका लागि बैंक वित्तीय संस्थाले अधिकतम ९.८९४९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन भने न्यूनतम ८.०७५८ प्रतिशत रहेको छ । यसको औसत डिसकाउन्ट रेट ९.६३७१ प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.७९२० प्रतिशत थियो ।

सोमबार ५ अर्ब रुपैयाँ बरावरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ९.८१०१ प्रतिशत छ भने न्यूनतम ९.१०९० प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ९.६५३७ प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.७९६४ प्रतिशत थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ७ अर्ब रुपैयाँ बरावरको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ९.७९०० प्रतिशत छ भने न्यूनतम ९.०४२५ प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ९.५५०० प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत २८ गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.६४०७ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।