आरएसडीसी लघुवित्तको खुद नाफा तेस्रो त्रैमासमा ८.८१% घट्यो

0
Shares

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.८१ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी बढ्दा पनि खराब कर्जा वापतको नोक्सानी व्यवस्था बढ्दा लघुवित्तको नाफा प्रभावित बनेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ थियो । यस्तै चैतसम्म कम्पनीको वितरणयोग्य नाफा पनि २२.३५ प्रतिशत घटेर ५ करोड ६३ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २९.२२ प्रतिशतले बढेर २१ करोड ४० लाख ४४ हजार रुपैयाँ पुगेको छ । तर खराब कर्जा वापत छुटाउनुपर्ने ( इम्पेयरमेन्ट चार्ज) रकममा उच्च वृद्धि हुँदा कम्पनीको सञ्चालन नाफा भने ८.८१ प्रतिशतले घटेको हो । कम्पनीको सञ्चालन नाफा १२ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

गत चैतसम्म ०.४० रहेको खराब कर्जा अनुपात बढेर १.३७ प्रतिशत पुगेको छ । यस्तै इम्पेयरमेन्ट चार्ज १ करोड ९३ लाख ६७ हजार रुपैयाँबाट बढेर ७ करोड ३७ लाख ६२ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रहेको लघुवित्त कम्पनीको चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ १९ पैसा, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६० पैसा, कष्ट अफ फन्ड १२.७८ प्रतिशत रहेको छ ।

चैतसम्म कम्पनीले ५ अर्ब ९३ करोड १३ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीको जगेडा कोषको आकार ७.७१ प््रतिशत बढेर ९ करोड ३३ लाख पुग्दा सेयरधनी कोष १७ प्रतिशत घटेर ६ करोड ८४ लाख रूपैयाँमा खुम्चिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।