मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, दश गुणा बढी माग

0
Shares

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदनको ओइरो नै लागेको छ । वैशाख ४ गते सोमबारदेखि निष्कासन खुला भएको कम्पनीको सेयरमा बुधबार बिहानसम्म ९.९० गुणा आवेदन परेको हो ।

सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार बिहान १० बजेसम्ममा ९२ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ५८ हजार १५० कित्ताको माग परेको हो । कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टाएर ९ लाख ३४ हजार ९१५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

सीडिएसका अनुसार बैशाख ६ गते बुधबार बिहानसम्म ८ लाख ३१ हजार ९३१ जनाले आवेदन दिएका छन् ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको छ । त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।

तेस्रो दिन बिहानसम्म मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। उच्च मागका परिसकेकाले बैशाख ७ गते बिहीबार नै कम्पनीको सेयर बिक्री बन्द हुनेछ ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिन्छ ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।