सस्तो लोकप्रियताका लागि बैंकविरुद्ध नारा नलगाउनुहोस्: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीलाई सस्तो लोकप्रियताका लागि बैंक वित्तीय संस्था विरुद्ध नारा नलगाउन आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिलाई भेट्दै उनले वित्तीय क्षेत्र विरुद्धको नाराबाजी बन्द गर्न भनेका हुन ।

महासंघको नवनिर्वचित अध्यक्ष चन्द्र ढकाल सहितको नवनिर्वाचित टोलिलाई शुभकामना दिँदै गभर्नर अधिकारीले महासंघका हरेक तहबाट बैंक वित्तीय संस्था विरुद्ध नारा लगाउने काम रोक्न समेत उनले सुझाएका हुन । पछिल्लो समयमा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्था विरुद्ध नारावाजी तथा आन्दोलन नै गरेको अवस्था छ । त्यतीमा नभै बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा ब्याज समेत नतिर्ने धम्की ऋणीहरुले दिने गरेका छन्।

टोलिसंगको भेटमा गभर्नर अधिकारीले अर्थतन्त्रको अवस्था सोचे जस्तो सहज नभएको बताएको महासंघका तर्फबाट सहभागी एक अधिकारीले जानकारी दिए । “कोरोना महामारी भन्दा अघि र अहिलेको आयात हेर्दा अहिलेको धेरै छ,” गभर्नरको भनाई उध्रित गर्दै महासंघका ती अधिकारीले भने,“अहिले पनि संयमित हुनुपर्ने अवस्था छ ।”

भेटमा महासंघका अध्यक्ष ढकालले उद्योगी व्यवसायीको पछिल्लो अवस्थामा बारेमा गभर्नरलाई जानकारी गराएका थिए ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा आउन लागेको हुनाले लिखित रुपमा सुझाव समेत माग गरेको महासंघका तर्फबाट सहभागी अर्का अधिकारीले जानकारी दिए।

गभर्नर वा केन्द्रीय बैंक सञ्चालक समितिले चाहेर मात्रै कुनै पनि नीति चलाउन वा ल्याउन नसकिने गभर्नरले बताएको ती अधिकारीले जानकारी दिए ।

गभर्नरले नेपाल राष्ट्र बैंक भित्र नीति निमार्णको पक्रिया भएकाले सबै तहमा प्रयाप्त छलफल पछि मात्र अन्तिम रुप दिइने गरीएको हुनाले पनि उद्योगी व्यवसायीसंग लिखित सुझाव मागेको उनको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।