एनआइसी एशिया बैंकको ७ लाख संस्थापक सेयर बिक्रीमा


एनआइसी एशिया बैंकले ७ लाख हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ७ लाख १५ हजार ९५० कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा ल्याएको हो ।

योग्य संस्थापक सेयरधनीहरुले बैशाख ८ गतेदेखि बैशाख १५ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने छन् ।

शिलबन्दी बोलपत्र आह्वानको फारम बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाण्डौंबाट प्राप्त गर्न सकिने छ । सेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ७ लाख १५ हजार ९५० कित्ताका लागी आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।