दोल्ती पावरको आईपीओ १ लाख २७ हजार १८६ जनालाई बाँडफाँड

0
Shares

दोल्ती पावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा १ लाख २७ हजार १८६ जना सर्वसाधारण आवेदकले आईपीओ हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको सेयर खरिदका लागि कुल १३ लाख ८३ हजार ७२४ जनाले १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । सोमध्ये १२ लाख ७३ हजार ४५० जनाबाट माग भएको १ करोड ३६ लाख २० हजार ३४० कित्ता सदर सदर भएको थियो ।

सदर आवेदकमध्ये १ लाख १४ हजार ७७८ जनाबाट परेको १७ लाख १३ हजार २३० कित्ताको आवेदन रद्द भएको थियो । जसमा सिआश्वा मार्फत परेको १ लाख १० हजार २७४ जनाबाट माग भएको १६ लाख ४७ हजार २० कित्ता र दोहोरो आवेदनबाट परेको ४ हजार ५०४ वटा आवेदनबाट माग भएको ६६ हजार २१० रहेको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

यसरी रद्द गरी बाँकी रहेको १२ लाख ६८ हजार ९४६ आवेदकबाट माग भएको लाई सेयर बाँडफाँडमा सहभागि गराइएको हो । भएको १ करोड ३५ लाख ५४ हजार १३० कित्ता सदर भएको थियो । सदर आवेदनकमध्ये पनि ११ लाख ४१ हजार ७६० आवेदकले सेयर प्राप्त गर्न सकेनन् । जुन सदर आवेदको ८९.९८ प्रतिशत हुन आउँछ ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८६१ कित्ता सेयर बिक्री गरेको थियो । आईपीओ भरेका लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्न विकास गरेको वेवसाइट, मेरो सेयर एकाउन्टको एप्लीकेसन रिर्पोर्ट र आईपीओ निष्कासक कम्पनी दोल्ती पावरको वेवसाइट मार्फत नतिजा हेर्न सक्नेछन् ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र सर्वसाधारणलाई जारी हुनेमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता सेयर कम्पनीले बाँडफाँड गरिसकेको छ । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी सेयर समेत सर्वसाधारणमा थप गरी बिक्री गरेको हो । कम्पनीका कर्मचारीका लागि छुट्याएको सेयर समेत बाँडफाँड गरिसकेको कम्पनीले सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सेयर सुरक्षित गरेको छ ।

कम्पनीले दैलेख जिल्लामा ४.५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो ।

४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।