स्टक एक्चसेन्ज थप्ने पुरानो प्रक्रिया नटुङग्याई नयाँ अघि बढाएपछि पुन: विवादमा पर्ने संकेत


नेपाल धितोपत्र बोर्ड करिब १४ वर्ष अघि नीजि क्षेत्रको स्टक एक्सचेन्जका लागि लिएको आवेदन अहिले समस्या बन्ने देखिएको छ । बोर्डले पुरानो प्रक्रियालाइ अन्त्य नगरी नयाँ सुरु गरेपछि समस्या पुन बल्झिन सक्ने देखिएको हो ।

धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावलीलाई संशोधन गरेर नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरु गर्यो । सोही अनुसार बोर्डले २०७९ असोज २ गते स्टक एक्सचेन्ज सञ्चालन गर्ने कम्पनी स्थापनका लागि सिफारीस दिने भन्दै आवेदन माग्यो । बोर्डले सुरु गरेको उक्त प्रक्रियाको विरोध गर्दै सर्वोच्च अदालतमा रिट परेपछि प्रकृया रोकियो । त्यसपछि गत चैत २६ गते बोर्डले अघि बढाएको प्रक्रियालाई सदर गर्यो । सोही अनुसार बोर्डले पुनः १० दिनको समय दिइ बैशाख १० गतेसम्मका लागि आवेदन खुल्ला गर्यो ।

स्टक एक्सचेन्ज ल्याउन ३ कम्पनी इच्छुक, कमोडिटी मार्केटका लागि ४ कम्पनीको आवेदन

बोर्डले तोकेको समयमा ३ कम्पनी स्टक एक्सचेन्ज सञ्चालन गर्ने भन्दै धितोपत्र बोर्ड पुगेका छन् । तर, बोर्डले अघि बढाएको यो प्रक्रियामा २०६६ सालमा स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुले विरोध गरेका छन् ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष डा. सुरविर पौडेलले निजी क्षेत्रको स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन खुलाएका थिए । सो अनुसार ४ कम्पनीले आवेदन दिएका थिए । बोर्डले आवदेन मागेपछि स्टक एक्सचेन्ज नियमावली २०६४ बमोजीम काठमाण्डौं स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जले २०६५ फागुन बोर्डमा अनुमतीका लागी निवेदन दिएका थिए ।

नेपाल सेक्यूरीटिज एण्ड डेरीभेटीभ्स स्टक एक्चेन्जले २०६५ चैतमा निवदेन दिएको थियो भने हिमालयन स्टक एक्सचेन्जले २०६६ मंसिरमा निवेदन दिएको थियो । बोर्डले यी कम्पनीहरुको विवरण अध्यावधीक गर्नका लागि २०७४ सालमा पत्राचार पनि गरेको थियो ।

तर, बोर्डले पुरानो प्रक्रिया नटुङग्याई, आवेदहरुबाट लिएको धरौटी रकम समेत फिर्ता नगरी नयाँ प्रक्रिया अघि बढाएको भन्दै पुरानो आवेदन गर्ने कम्पनीका लगानीकर्ताले आपत्ति जनाएका छन् । त्यति मात्र नभई पुराना कम्पनीको र नयाँ कम्प्नीको नाम समेत एउटै रहेको विषयमा समेत उनीहरुको आपत्ति छ ।

हिमालयन स्टक एक्सचेन्जका प्रस्तावित अध्यक्ष समेत रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले आफुहरुको प्रक्रियालाई समेत नटुङग्याई आफ्नो कम्पनीको नाममा नै नयाँ आवेदन लिएको जिकिर गरेको छन् । उनले आफुले बोर्डमा स्टक एक्सचेन्ज सञ्चालनको अनुमतीका लागि दिएको आवेदन, दस्तुर तथा बोर्डले पुनः सम्पर्कका लागि गरेको पत्रचारलाई समेत सामाजिक सञ्चालनमा सार्वजनिक गरेका छन् । उनले लेखेका छन, “कानुन छ र अदालत छ ?”

भट्टराइको अभिव्यक्तिले अदालतबाट पार भएको नयाँ स्टक एक्सचेन्ज थप्ने गरी अघि बढेको प्रक्रियामै त्रुटी रहेको स्पष्ट हुन्छ । पुराना आवेदकले यसैगरी विरोध गरेको खण्डमा यसमा धितोपत्र बोर्डले के गर्छ भन्ने आगामी दिनमा देखिने नै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।