भेटायोमा १ तोला सुन जित्ने मौका


घर–घरमा आधारित सेवा, मर्मत तथा सम्भार एप भेटायोले आफ्नो एक वर्ष सफलतापूर्वक पूरा गरेको छ ।

यस अवसरमा आफ्ना ग्राहकहरुलाई भेटायोले सर्भिस बूक गरेको कुनै एक ग्राहकले बम्पर उपहर स्वरुप १ तोला सुन जित्ने मौका रहेको छ ।यस्तै भेटायोको अन्य सेवाहरुमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ भने वैशाख महिना भरी  निःशुल्क प्लम्बिङ सेवा दिने भएको छ ।

भेटायोले हालसम्म १२ हजार भन्दा बढी प्रयोगकर्ता र ३५० भन्दा बढी सेवा प्रदायक संस्थाहरुसंग हातेमालो गरी सेवा दिदै आएको छ । यस चरणसम्म आई पुग्न कम्पनीले धेरै चुनौतिहरूको सामना गर्दै ग्राहकहरुको विश्वासलाई प्रगाढ बनाउदै उत्प्रेरित गर्न सकेको कम्पनीकी अंशु शाक्यले बताए ।

यस बाहेक, आफ्नो १ वर्षको अवसरमा, भेटायोले सामाजिक क्षेत्रको उत्तरदायित्व पुरा गर्नका लागि मैना देवी फाउन्डेसनसँग हातेमालो गरी विभिन्न वातावरण मैत्री कामहरु गर्दै आएको छ । यस सहकार्यबाट भेटायोले आफ्नो ब्यवसायिक सामाजिक जिम्मेवरिको निर्वाह गर्नुको साथसाथै समुदायमा स्वच्छ वातावरण्को लागि केहि योगदान पुर्याउन जमर्को गरिरहेका छन् । यो सहकार्यले मानिसहरूका केही समयको लागि मात्र नभई अझ लामो समय को लागी प्रभाव पार्ने योजना रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।