वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा साढे ४० प्रतिशत घट्यो, हिमालयनको घट्यो सर्वाधिक

0
Shares

वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा रकम साढे ४० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा ४०.५२ प्रतिशतले घटेको हो ।

चैत मसान्तसम्म सञ्चालनमा रहेका २१ वणिज्य बैंकहरुले कुल १७ अर्ब ५२ करोड ५२ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा यस्तो मुनाफा २९ अर्ब ४६ करोड ३६ लाख १९ हजार रुपैयाँ थियो ।

देशमा छाएको आर्थिक मन्दी, उपभोक्ता मूल्यवृद्धि र उपभोक्ता मागमा आएका कमीका कारण बैंकहरुको कर्जा असुलीमा समस्या आउँदा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा प्रभावित बनेको हो । ऋण असुलीम समस्या हुन थालेपछि पछिल्लो समय बैंकहरुको खराब कर्जा अनुपात बढ्दो क्रममा रहेको देखिन्छ । २०७८ चैतमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात १.२३ प्रतिशत रहेकोमा असोज मसान्तमा आइपुग्दा १.७७, गत पुसमा २.३५ र चैत मसान्तसमा औसत ३.०३ प्रतिशत पुगेको छ । वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७० प्रतिशत रहेको छ भने हिमालयन बैंकको सबैभन्दा धेरै ४.५६ प्रतिशत छ ।

खराब कर्जा बढेसँगै चालु आवको चैतसम्म बैंकहरुको खराब कर्जा वापत गर्नुपर्ने प्रोभिजनिङ्ग रकम ३२४ प्रतिशतले बढेर ३१ अर्ब ३२ करोड ६ करोड पुगेको छ । २०७८ चैतमा यस्तो रकम ७ अर्ब ३८ करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा २३ अर्ब ९४ करोडले इम्पेरिमेन्ट चार्ज बढेपछि बैंकहरुको वितरणयोग्य मुनाफा घटेको हो ।

यस अवधमिा पाँच वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । सिभिल बैंकलाई आफूमा समाहित गरेको हिमालयन बैंकको सबैभन्दा धेरै १ अर्ब ३२ करोड २९ लाख ऋणात्मक रहँदा मेगा गाभेको नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब २७ करोड ९६ लाख, सिद्धार्थ बैंकको ४५करोड ६६ लाख, सेञ्चुरी गाभेको प्रभु बैंकको १८ करोड २९ लाख र सनराइज बैंकको ४करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ३ अर्ब ३६ करोड ३३ लाख रहेको छ । यस्तै एनआईसी एशिया बैंकको ३ अर्ब २ करोड ३१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ५६ करोड ६० लाख र राष्ट्रिय वाणिज्य बैंकको वितरणयाग्य मुनाफा बैंकको २ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

यस्तै चैतसम्म थप पाँच बैंकको वितरणयोग्य मुनाफा १ अर्बभन्दा धेरै २ अबएभन्दा कम छ । यस अवधिमा नबिल बैंकको १ अर्ब ७७ करोड २१ लाख, लक्ष्मी बैंकको १ अर्ब ३३ करोड ५८ लाख, सानिमा बैंकको १ अर्ब २० करोड ४७ लाख, नेपाल एसबिआई बैंकको १ अर्ब १६ करोड ७५ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

चालु आवको ९ महिना अवधिसम्म ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख, एनएमबि बैंकको ७२ करोड ८८ लाख, कृषि विकास बैंकको बैंकको ५८ करोड ४३ लाख, प्राइम कमर्सियल बैंकको ३० करोड १५ लाख, नेपाल बैंकको १८ करोड ७ लाख, सिटिजन्स बैंकको १४ करोड ३४ लाख र कुमारी बैंकको वितरणयोग्य मुनाफा २५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा १४ वाणिज्य बैंंकको वितरणयोग्य मुनाफा घटेको छ । रकमका आधारमा सबैभन्दा धेरै नेपाल बैंकको २ अर्ब ५२ करोड १७ लाख रुपैयाँले नाफा घटेको छ । सात वाणिज्य बैंकको वितरणयोग्य मुनाफा भने यस अवधिमा बढेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १ अर्ब ६३ करोड ८६ लाख रुपैयाँले बढेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ अर्ब ४० करोडले बढेको छ । राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी, एभरेष्ट, सानिमा र माछापुच्छ्रे बैंकले वितरणयोग्य मुनाफा बढाएका छन् । सबैभन्दा कम वृद्धि गरेको माछापुच्छ्रे बैंकले गत चैतको तुलनामा २३ करोड ७४ लाखले वृद्धि गरेको छ ।

Commercial Banks Distributable Profit  Q3,  (Rs ‘000)
 Bank  Chaitra End 2079  Chaitra End 2078  Growth (Chaitra 2079 over Chaitra 2078) Change %
 Standard Chartered  2,565,997 1,165,831 1,400,166 120.10
 NIC Asia  3,023,163 1,384,567 1,638,596 118.35
 Laxmi  1,335,875 658,934 676,941 102.73
 Sanima  1,204,766 731,247 473,519 64.76
 Rastriya Banijya Bank  2,413,136 1,509,072 904,064 59.91
 Machhapuchchre  1,065,757 828,299 237,458 28.67
 Everest Bank  3,363,358 2,796,168 567,190 20.28
 Nepal SBI  1,167,542 1,390,060 -222,519 -16.01
 Nabil  1,772,095 2,167,522 -395,427 -18.24
 Agriculture Dev  584,349 986,434 -402,085 -40.76
 NMB  728,890 1,328,911 -600,021 -45.15
 Global IME  962,673 1,919,114 -956,441 -49.84
 Prime  301,520 1,414,407 -1,112,887 -78.68
 Citizens  143,480 866,752 -723,272 -83.45
 Nepal Bank  180,765 2,702,494 -2,521,729 -93.31
 Kumari  2,487 871,677 -869,190 -99.71
 Prabhu  -182,956 780,003 -962,959 -123.46
 Sunrise  -48,354 137,029 -185,382 -135.29
 Siddhartha  -456,641 1,018,793 -1,475,434 -144.82
 Nepal Investment  -1,279,656 472,469 -1,752,125 -370.84
 Himalayan   -1,322,988 486,721 -1,809,709 -371.82
Total 17,525,256 29,463,619 -11,938,363 -40.52

कसको कति घट्यो, कति बढ्यो ?

वाणिज्य बैंकहरुको चैत मसान्तसम्मको वितरणयोग्य मुनाफा र अघिल्लो आवको सोही अवधिको तुलना गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा सर्वाधिक १२० प्रतिशतले बढेको छ ।

यस्तै एनआईसी एशिया बैंकको ११८ प्रतिशत, लक्ष्मी बैंकको १०२ प्रतिशत, सननिमा बैंक ६४, राष्ट्रिय वाणिज्य बैंक ५९, माछापुच्छ्रे २८ र एभरेष्ट बैंकको २० प्रतिशतले वितरणयोग्य मुनाफा बढेको हो ।

यस अवधिमा १४ बैंकको वितरणयोग्य नाफा घटेकोमा सबैभन्दा कम नेपाल एसबिआई बैंकको १६, नबिल बैंकको १८, कृषि विकास बैंक ४०, एनएममबि बैंक ४५, ग्लोबल आईएमई ४९, प्राइम ७८, सिटिजन ८३, नेपाल बैंक ९३, कुमारी बैक ९९, प्रभु बैंक १२३, सनराइज १३५, सिद्धार्थ १४४, नेपाल इन्भेष्टमेन्ट ३७० र हिमालयन बैंकको वितरणयोग्य मुनाफा ३७१ प्रतिशत बढीले घटेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।