सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा मंगलबार छापावाला सुनको भाउ बढेको छ । सोमबार २ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ पुगेको सुन आज मंगलबार ४ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार प्रतितोला १ लाख ८ हजार ६ सयमा कारोबार भएको थियो ।

यता सोमबार ५ रुपैयाँले घटेर १ हजार १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।