नेप्सेमा दोहोरो अंकको वृद्धि, म्युचुअल फन्ड बाहेक सबै सूचक बढे

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । कारोबारमा आएका म्युचुअल फन्ड बाहेक सबै उपसमुहगत सूचक बढेसँगै नेप्से १७.३६ अंकले बढेको हो । नयाँ वर्षपछि यसअघि गत बुधबार नेप्से दोहोरो अंकले बढेको थियो ।

मंगलबार नेप्से ०.९२ प्रतिशत अर्थात १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.१९ प्रतिशत बढेर ३६३.६५ अंकमा पुगेको छ ।

आज दिनभरमा ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ । कुल २६४ कम्पनीका २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ वटा संख्यामा खरिद बिक्री भएका हुन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोड १३ लाख रुपैयाँ बढी हो ।

कारोबारमा आएको बाह्र वटा उपसमुहगत सूचक बढेका छन् । होटल सर्वाधिक १.९२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधनमुलक १.८२, विकास बैंक १.६५, लगानी १.४१, फाइनान्स १.२३ र निर्जीवन बीमा १.१२ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड ०.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । सिमेन्ट्सको ७ करोड ९१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै कालिञ्चोक दर्शको ३ करोड १ लाख, नबिल बैंकको २ करोड ६९ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३७ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारबाट तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ । सप्तड लघुवित्त ७.८५, सिटिजन म्युचुअल फन्ड–१ को ५.१३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.५१ र माछापुच्छ्रे बैंकको ४.०९ प्रतिशतले मूल्य बढेको छ ।

उता सनराइज ब्लूचिप फन्डको इका्रईमा नकारात्मक सर्किट लागेको छ । फन्डको मूल्य १० प्रतिशतले घटेर ८.५५ रुपैयाँमा झरेको छ । यस्तै सनराइज फोकस्ड इक्वीटी फन्डको ४.८८, पिपुल्स पावरको ४.६७, सिटिजन्स म्युचुअल फन्ड–२ को ३.६१ र धौलागिरी लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारसँगै समग्र बजार पुँजीकरण २७ खर्ब ७६ अर्ब ६५ करोड १० लाख रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ