कुमारी बैंकको साढे २९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न चाहनेले बैशाख १५ गतेदेखि जेष्ठ २ गतेसम्म सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।  सेयर बिक्री मूल्य ११९ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनता १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

१० लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ । बोलपत्र पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ । उक्त सेयरको बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।