हिमाल दोलखा हाइड्रोपावरलाई १ अर्ब २० करोडको हकप्रद बेच्न अनुमति

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख १२ गते नेपाल धितोपत्र बोर्डबाट १० बराबर ७.५० कित्ता (७५ प्रतिशत) अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो पुँजीमा ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

वित्तीय अवस्था कमजोर

वित्तीय अवस्थाका आधारमा हेर्दा कम्पनीको वित्तीय अवस्था नाजुक रहेको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण मात्र सार्वजनिक गरेको कम्पनले सो अवधिसम्म ६ करोड ५० लाख नोक्सानी ब्यहोरेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ५५ करोड ५८ लाख ७ हजार रुपैयाँ ऋणात्मक भएससँगै प्रतिसेयर नेटवर्थ ६५.२६ रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ६५.२६ रुपैयाँ मात्र रहेको छ । यस आधारमा हेर्दा कम्पनीको आईपीओ लगानीकर्ताको लगानी समेत ३४.७४ रुपैयाँ घाटामा छ । दोस्रो बजारमा सेयर खरिद गर्नेले थप घाटा ब्यहोरेका छन् ।

कम्पनीको सेयर बुधबार दोस्रो बजारमा प्रतिकित्ता २१० रुपैयाँ खरिद बिक्री भएको छ ।

कम्पनीले इलामको इलाम नगरपालिका वडा नम्बर ९ र १० मा रहेको ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र माई नगरपालिका वडा नम्बर ९ मा रहेको ८ मेगावाट क्षमतामा सञ्चालित माई साना क्यासकेड जलविद्युत् आयोजना हाइड्रोपावर सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।