सेयर कारोबारमा सुस्तता

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बुधबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार आज केही सुधारिँदै झिनो अंक घटेर बन्द भएको हो ।

पछिल्लो समय सेयर बजारमा मन्दी नै छाएका छ भन्दा फरक नपर्ला । कुनै एक दिन दोहोरो अंकले वृद्धि भएपछि त्यसपछिका कारोबार दिनमा उक्त बाढेत्तरी करेक्सनमा जान थालेपछि सेयर बजारप्रति लगानीकर्ताको चासो घट्दै जान थालेको हो । यस्तै दैनिक सेयर कारोबार पनि एक अर्बभन्दा कममा नै सीमित हुँदै आएको छ ।

बिहीबार नेप्से २. २७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको छ । आजको बजारमा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा १० करोड ७३ लाख ७८ हजार रुपैयाँ कारोबार घटेको हो । आज कारोबार भएका ८६ कम्पनीको सेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे घटेको छ । त्यस्तै २२ कम्पनीको स्थिर रह्यो ।

आज कारोबारमा आएका होटल र बैंकिङ्ग बाहेक ११ वटै उपसमूहगत परिसूचक घटेको छ । जसमध्ये होटल १.८३ र बैंकिङ्ग ०.२४ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमुलक १.२८ प्रतिशतले घटेको छ ।  बिहीबारको बजारबाट सिटिजन म्युचुअल फन्ड–२ को इकाईमूल्य ५.८५ प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको ५.०८, तारागाउँ रिजेन्सी होटलको ४.४५, सुपर माई हाइड्रोपावर ४.१० र आरबिबि म्युचुअल फन्डको इकाईमूल्य ३.५९ प्रतिशतले बढेको छ ।

उता एनआईबिएल ग्रोथ फन्डको इकाईमूल्यमा नकारात्मक सर्किट लागेको छ । एनएमबि डिबेञ्चर २०८७।८८ को ९.५३ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ५.७७, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ५.३७ र कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ४.६५ प्रतिशतले घटेको छ ।

आजको बजारमा एभरेष्ट बैंकको सेयर सर्वाधिक ३ करोड ७६ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै नबिल बैंकको ३ करोड २७ लाख, शिवम् सिमेन्टसको ३ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ९८ लाख र तारागाउँ रिजेन्सी होटलको २ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक १ लाख २१ हजार ९१ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा सानिमा मिडल तमोरको १ हजार ४० वटा संख्यामा खरिद बिक्री भएको छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढ्दा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको ७ करोड बढीको कारोबार भयो । बिहीबारको कारोबार पश्चात कुल बजार पुँजीकरण २७ खर्ब ५३ अर्ब ४४ करोड ८१ लाख ६६ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।