गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्यु दाबी भुक्तानी

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्यूठानमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई १३ लाख रुपेयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ निवासी मनिपाल बुढा मगरको परिवारलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरे । मनिपाल बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेकी छिन् ।

रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बीमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।