नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ भाउ तोकेको हो ।

बोनस समायोजनपछि बैंकको प्रतिकित्ता सेयरमूल्य २८८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँ ८० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

बिहीबार सेयर समायोजन भएको कारोबार मूल्यलाई आधार मानेर बैंकको आइतबार सेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।