नेपाल पुनर्बीमा कम्पनीको बोनस घोषणा

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आव २०७८/७९ को जनरल एक्सेप्टेड अकाउन्टिङ्ग प्रिन्सिपल (ग्याप) र नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) मा आधारित वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ५८ करोड १० लाख ४३ हजार ७५० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ करोड ५ लाख ८१ हजार २५० रुपैयाँ नगद लाभांश स्वीकृतिका लागि कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा २ को बमोजिम नेपाल सरकार समक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भई साधारण सभावाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको हो ।

 

 

साथै बैठकले आव २०७८/७९ को मा आधारित वित्तीय विवरण संलग्न वासलात, नाफा नोक्सान हिसाब विवरण, नगद प्रवाहको विवरण, एकीकृत आय व्यय हिसाब विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू तथा अनुसूचीहरू स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण पठाउने निर्णय समेत गरेको छ ।

कम्पनी सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरण, नेपाल सरकारबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशत ५ बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को बोनस वापतको ५८ लाख २५ हजार कित्ता बोनस सेयर गत साता मात्रै नेप्सेमा सुचीकृत भएको छ ।

अघिल्लो वर्षको बोनस सुचीकृत गरेसँगै कम्पनीले अर्को वर्षको लाभांश वितरणको प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।