भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न


भिजन सेक्युरिटिज् प्रा.लीले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल धितोपत्र बोर्डको सहजिकरण तथा स्थानिय व्यक्तित्व होम नारायण श्रेष्ठको विशेष सहयोगमा सम्वन्धित स्थानका स्थानिय निकाय तथा जन प्रतिनिधिहरु, वडा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिज्यूहरु लागायत लगानीकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो ।

बलेफी गाउँपालिकाको खाडिचौरमा वलेफी गाउपालिका वार्ड नं. ६ का अध्यक्ष तेजवहादुर पराजुलीको समुपस्थितिमा वैशाख १५ गते शुक्रवार कार्यक्रम सम्पन्न भएको थियो साथैे जलविरे र जुगल गाउँपालिकाको चनौटेमा वैशाख १६ गते शनिवार कार्यक्रम सम्पन्न भएको थियो ।

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानिकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लीका कार्यकारी अध्यक्षराज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । धितोपत्र वजार सम्वन्धी नीति, नियम तथा प्रावधानहरुको साथै सेयर वजारमा हुने जोखिम तथा प्रतिफलका विषयमा नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नाराण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

भिजन सेक्युरिटिज् प्रा लीले देशका विभिन्न स्थानहरुमा स्थानिय निकाय, उद्योग वाणिज्य संघ, नेपाल धितोपत्र वोर्ड लगायत अन्य संघ संस्थाहरुको सहयोगमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यस्तै कम्पनीले आगामी दिनहरुमा ईलामको ईलाम वजार र कैलालीको टिकापुरमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्ने बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।