सेगव ई-१०० इलेक्ट्रिक स्कुटरमा पूर्व-पश्चिमसम्मको ऐतिहासिक लामो दूरी यात्रा सम्पन्न


सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् ।

दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । योे यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ ।

६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवद्र्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ ।

सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० यात्रा अवधि भरि एक भरपर्दोे र प्रभावशाली साबित भएको छ । यात्रा आवाधी भरि, सेगवे ई-१०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो ।

सेगवे इलेक्ट्रिक स्कूटर ई-१०० ले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ । धिरेनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर, सेगवे ई-१००, काठमाण्डौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए । यसै गरि उनले सेगवे सेगवे एन् १०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए ।

यस यात्राको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो । शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कूटर ई-१०० एक वातावरण मैत्री विकल्प साबित भएको छ ।  

सेगवे ई-१०० को बारेमाः

सेगवे ई-१०० प्रति घण्टा ६० कि.मी उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको इलेक्ट्रिक स्कुटर हो । यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन् ।

स्कुटरको आरामदायी सिट र फराकिलो कार्गो बक्सले सवार र सामान ढुवानी गर्ने दुवैलाई सुरक्षित सवारी प्रदान गर्ने सेगवे ई-१०० नेपाली बजारमा उपलब्ध छ । आई हब प्रा. लिमिटेड नेपालमा सेगवेको लागि आधिकारिक वितरक हो । आफ्ना रोमाञ्चक उत्पादनहरूको नयाँ विमोचनसँगै, सेगवेले आफ्नो साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।