उद्योग मन्त्रीले बैंक संचालकहरुलाई भने,‘सरकारलाई दोष दिँदै भाग्ने हैन, आएर सहयोग गर्नुस्’

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यक रहेको बताएका छन्।

आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्वको बैंक तथा वित्तीय संस्था परिसंघको टोलीले भेट गरेको हो।

भेटका क्रममा मन्त्री रिजाललाई परिसंघ टोलीले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याबारे जानकारी गराएको थियो।

बैंकिङजस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनुपर्नेमा जोड दिएको थियो।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउन सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए।

मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिँदै भाग्ने हैन, आएर सहयोग गर्नुस्।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।