सामसङको नयाँ उत्पादन बजारमा, कति पर्छ मूल्य ?


सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६ हजार एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ ग्यालेक्सी एम १४ ५ जी मोबाइल बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सकिन्छ । यसमा सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ ।

यस्तै यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई “पावर मोन्स्टर” बनाइदिएको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ । ग्यालेक्सी एम १४ ५ जि “पर्फरमेन्स मोन्स्टर” पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्दछ ।

यस्तै ग्यालेक्सी एम १४ ५ जिमा ६.६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५ जि को बजार मूल्य.२४ हजार ९९९ पर्ने छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।