बिपिडब्लु लघुवित्तको पहिलो कारोबार मध्य रेञ्जबाट सुरु

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार नेप्सेले प्रदान गरेको मध्य कारोबार रेञ्जबाट सुरु भएको छ ।

धितोपत्रको दोस्रो बजारमा बैशाख २१ गते बिहीबार पहिलो कारोबार भएको संस्थाको सेयर प्रतिकित्ता २३३ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको छ । कम्पनीको १० कित्ता सेयर २ हजार ३३१ रुपैयाँमा खरिद बिक्री भएको हो ।

नेप्सेले कम्पनीको परिष्कृत वित्तीय विवरणलाई आधार मानेर न्यूनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । लघुवित्तको पहिलो कारोबार नेप्सेले दिएको मध्य रेञ्जबाट सुरु भएको हो ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग सम्भव नभएपछि लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको २ दिनपछि मात्र कारोबारमा आएको हो । लघुवित्तको ९७ हजार कित्ता साधारण सेयर र २ लाख ३ हजार कित्ता संस्थाक सहित कुल ३ लाख कित्ता सेयर बैशाख १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।