सैरागैरा खानेपानीले स्थानीयलाई सहज

0
Shares

वर्सौदेखि खानेपानीको समस्या झेल्दै आएको पाल्पा जिल्लाको रिब्दीकोट–४ रानीपाटीमा अव भने पर्याप्त खानेपानी उपलब्ध हुने भएको छ ।

०७२ सालको भुकम्प तथा जलवायु परिवर्तनको असरले दशकौ पुरानो खानेपानीको मुहान सुकेपछिगाउपालिका र क्रिया फाउन्डेसन र पिडा नामक गैरसरकारीसँसको साझेदारीमा स्थापित लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पिउने पानीकै लागि भौतिरिनुपर्ने करिव १ सय घर परिवारलाई अब सुख पाउने भएका छन् ।

रानीपाटीमा विगतमा धौरे गैरे मुहानबाट ल्याइएको पानीले खानेपानी देखि अन्य घरायसी प्रयोजनलाई पुग्ने पर्याप्त पानी आपूर्ति हुने गरेको थियो तर ७२ सालको भुकम्प तथा जलवायु परिवर्तनको असरले सो मुहान सुक्दै गयो ।

२०१८ सालदेखि स्थानीयको तिर्खा मेटाउँदै आएको खानेपानीको मुहान नै सुकेपछि स्थानीयमा चिन्ता थपिँदै गयो । गाउँबाट डेढ किलोमिटरको दुरीमा रहेको पानीको मुहानै सुक्दा चिन्तित स्थानीयले अन्य वैकल्पिक विधि पनि प्रयोग गरेका थिए ।

समस्या सामाधानका लागि स्थानीयले वर्खायामको पानी संकलन गरेर सुख्खा याममा प्रयोग गर्ने तरिका पनि अपनाए । तर दैनिक ३ हजार लिटर पानी आपूर्तिको मूल सकेको अवस्थामा यो वैकल्पिक विधिले कम गरेन । सिँचाइ र पशुपालन त परै खानेपानी समेत नपाएर बसाइ नै सर्नुपर्ने वाध्यताको निकट स्थानीय पुगेका थिए । सक्नेले ट्यांकरबाटै पानी किनेर गुजारा चलाउनु पर्ने वाध्यतामा उनीहरु पुगेका थिए ।

अवस्था जटिल बन्दै गएपछि स्थानीय निकाय तथा समुदायको पहलमा खानेपानीको लिफ्ट परियोजनाका पहिचान भएको थियो । गाउँपालिका र क्रिया फाउन्डेसन नामक गैर सरकारी संस्थाको सहकार्यमा यो आयोजना बनाउन थालिएको हो । सो परियोजनाबाट रानीटारीका १ सय घरघुरीलाई दैनिक न्यूनतम २ सय लिटर पानी उपलब्घ हुने छ ।

वडा नंम्बर चारका अध्यक्ष सोमबहादुर कार्कीका अनुसार गाउँपलिकाले निर्माण थालेको आयोजनामा गैरसरकारी सस्थाको साथले आयोजना सञ्चालनको अन्तिम तयारीमा पुगिएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष माघव ढकालका अनुसार सो आयोजना का लागि बनाइएको ट्याँकी र पुरानो धौरे गैरा खानेपानी आयोजनाको ट्याँकीलाई अन्तरआवद्ध गर्ने र पुरानै वितरण प्रणालीमार्पmत सवै घरमा पानी पु¥याइने छ । सौरे गैराको पानीले हामीलाई असाध्यै सहज बनाएको छ,” उनले भने, “सो पानी अब पुरानो वितरणसञ्जालमै जोड्ने गरी ट्याँकीमा जोड्ने काम बाँकी छ, त्यसपछि घरघरमा पर्याप्त पानी पु¥याउने छौ ।

यसले खानेपानी पसु चौपाया र करेसा सिँचाइका लागि पर्याप्त हुने स्थानीयले बताएका छन् । खानेपानी आयोजनाका लागि नेपाल विद्यूत् प्राधिकरणले सहुलियत दरको विद्यूत् उपलब्ध गराएको छ । सौरा गैरा खानेपानी व्यवस्थापन समितिले अहिले आयोजनाको सञ्चालनको जिम्मेवारी पाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।