अजोडको खुद बीमाशुल्क ४३% ले बढ्यो, नाफामा पनि आकर्षक सुधार

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडको खुद बीमाशुल्क ४३.२४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५२ करोड २ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क उठाएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनीले ३६ करोड ३१ लाख ८९ हजार रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा १५ करोड ७० लाख ४७ हजार रुपैयाँले खुद बीमाशुल्क वृद्धि भएको देखिन्छ ।

युनाइटेडसँग मर्जर प्रकृयामा रहेका उक्त कम्पनीले खुद नाफा पनि ११.२९ प्रतिशतले वृद्धि गर्दै १० करोड ४७ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ६ लाख २४ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अजोडको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३१.४० गुणा छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले पुनर्बीमा कमिशन वापतको आय २.७५ प्रतिशतले वृद्धि गर्दै १७ करोड ९० लाख रुपैयाँ आर्जन गर्दा लगानी कर्जा तथा अन्य आय ४१.३५ प्रतिशतल बढेर ४ करोड ३८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोषमा २० करोड ३८ लाख रुपैयाँ, बीमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा चुक्ता पूँजी स्थिर रहँदा जगेडा कोष ४६.११ प्रतिशत, बीमा कोष ४०.६८ र महाविपत्ती कोष ५४.५३ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीको आय ११.८७ प्रतिशतले बढेर १८ करोड ८८ लाख ३८ हजार पुगेको छ । कम्पनीको खुद दाबी भुक्तानी २९ प्रतिशत बढेर २३ करोड ४९ लाख ४६ हजार पुगेको छ । कम्पनीले १ लाख ४ हजार ९०९ वटा बीमालेख जारी गरेर १ अर्ब ४४ करोड ३१ लख ८० हजार कुल बीमाशुल्क संकलन गरेको छ । यो गत आवको चैतको तुलनामा १७.६५ प्रतिशत धेरै हो । कम्पनीमा १६ हजार ६९९ वटा बीमालेख नवीकरण गरिएका छन् । समीक्षा अवधिमा अजोडले ४ हजार ३५८ वटा दाबी वापत परेको ८७ करोड १२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीमा अझै ४ हजार ८११ वटा दाबी वापत परेको ६८ करोड ७५ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम २ अर्ब ५० करोड पुँजी कायम गर्न अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स एक आजसमा मर्जर सम्झौतामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।