हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ


सर्लाही स्थित हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमका बिच टेलिमेडिसिन सेवाको सुरुवात गरेको हो ।

देशभरिका टेलिमेडिसिन सेवाको एप्स जोडिएका अस्पतालमा रहेका चिकित्सकसँग रोगका बारेमा जानकारी लिन सकिने तथा आफ्नो नगरपालिकामा भएका बिरामीको बारेमा जानकारी दिएर उपचार गर्न सकिने भएकाले यो सेवा निकै प्रभावकारी मानिएको छ ।

यस्तै नगरपालिकाले बालबालिकाहरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्नुका साथै हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिकाहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । कार्यक्रम सञ्चालनका लागि डाक्टर अरुण कुँवर, नरेन्द्र मैनालि, ज्योति भट्टराई, अमित झा, लगायतले सहयोग गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।