सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा ४५ प्रतिशतसम्म छुट


सन्राइज बैंकका ग्राहकहरुले अरोगिन हेल्थकेयरका विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै काठमाण्डौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको हो ।

सन्राइज बैंक लिमिटेड तथा अरोगिन हेल्थकेयरबिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।