अठ्ठाइस हजारमा सामसङको ग्यालेक्सी ए २४


सामसङले ए–सिरिजमा ओक्टा–कोर प्रोसेसर जडित नयाँ फोन थप गरेको छ । सामसङले ग्यालेक्सी ए२४ एलटिइ थप गरेको हो ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित मोबाइल हो । 

मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि ¥यामका साथ काम गर्ने र यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्ने बताइएको छ ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै उक्त फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली पाँच हजार एमएएच ब्याट्री पनि जडान गरिएको कम्पनीले जनाएको छ ।

६ + १२८ जिबिको ग्यालेक्सी ए २४ को मुल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने ८ + १२८ जिबिको मोबाइलको मूल्य ३१ हजार ९९९ रुपैयाँ पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।